You are viewing the translated version of जानकारी गराउने.

Section 10
जानकारी गराउने
(१) प्रदेश प्रहरीले सार्वजनिक सुरक्षा व्यवस्था तथा अपराधको रोकथामसँग सम्बन्धित सूचना सङ्कलन गरेको र सोको आधारमा सुरक्षा व्यवस्था मिलाएको जानकारी प्रदेश मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई गराउनु पर्नेछ।
(२) प्रदेश प्रहरीले अपराध अनुसन्धान गरेको मुद्वा सम्बन्धी मासिक प्रतिवेदन तयार गरी प्रदेश मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनु पर्नेछ।